Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बाद्ययन्त्र आयातमा एक वर्षमा बाहिरियाे २६ करोड

बाद्ययन्त्र आयातमा एक वर्षमा बाहिरियाे २६ करोड

बुधवार, भाद्र १ २०७९
  • काठमाडौं । नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ । नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको बाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो । 

    भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको बाद्ययन्त्रहरु भित्रिएको छ । 

    अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो । 

    विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो । सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गीतार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार