Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

 एलजीको वासिङ मेसिनको टिभी बिज्ञापन सार्बजनिक

 एलजीको वासिङ मेसिनको टिभी बिज्ञापन सार्बजनिक

बुधवार, भाद्र १ २०७९
  • काठमाडौँ । नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्रान्ड एलजीको वाशिंग मेसिन बजारमा सर्बाधिक बिश्वसिनिय रुपमा स्थापित हुन सफल भएको छ । यसै अनुरुप एलजीले वाशिंग मेसिनको नयाँ टीभी बिज्ञापन पनि सार्बजनिक गरेको छ। 

    एलजीको अधिकारिक सामाजिक संजालबाट सार्बजनिक गरेको यस बिज्ञापनमा नेपालको प्रख्यात कलाकारहरुलाई प्रयोग गरी एक पारिवारिक सम्बन्ध र भावनालाई प्रस्तुत गरेको छ । बिज्ञापनमा मुख्य आमा छोराको सम्बन्ध, माया देखाउनुका साथै कसरी एउटा वाशिंग मेसिनले परिवारमा खुसियाली लाउनुका साथै छोराले आमाप्रति माया र हेरचाह गर्नुपर्ने देखाइएको छ ।

    यो बिज्ञापन नेपाली परिवार र मौलिकतामा केन्द्रित रही एकदमै भावनात्मक रुपले प्रस्तुत गरिएको छ । बिज्ञापनलाई ग्राहकहरुले मन पराई दिनेमा कम्पनीले बिस्वास राखेको छ ।  

    यस वासिङ मेसिनमा एआईडिडि टिएमजस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउँछ र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८% ले जोगाउँछ । वासिङ मेसिनमा रहेको प्रविधिले कपडाको हरेक रेसाभित्र पसेर ९९.९% किटाणु नष्ट गर्छ भने कपडाहरुलाई खुम्चिनबाट बचाउँछ । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार