Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध

बुधवार, भाद्र १ २०७९
  • काठमाडौं । सरकारले बुधबार (१ भदौ) देखि सिंहदरबारभित्र ग्यास सिलिन्डर लिएर पस्न प्रतिबन्ध लगाएको छ ।

    अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो ।

    बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने, सिलिन्डर भए गेटबाटै फर्काउने गरेको छ । गेटमा रहने सुरक्षाकर्मीलाई ग्यास सिलिन्डर छिर्न नदिन गृह मन्त्रालयकाे आदेश छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार