काठमाडौं । अर्थ सचिव कृष्णहरि पुष्करले नेपाल राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा शपथ लिएका छन् ।
बुधबार सर्वोच्च अदालतका कायम मुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसमक्ष सचिव पुष्करले राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका हुन् । राष्ट्र बैंकको सञ्चालक समिति सदस्यमा अर्थ सचिव रहने व्यवस्था रहेको छ । सोही अनुसार पुष्कर सञ्चालक सदस्य भएका हुन्।
बजेट निर्माण प्रक्रियामा स्वार्थ समूहलाई मन्त्रालयभित्रै प्रवेश दिएको भन्दै प्रश्न उठेपछि राजीनामा दिएका अर्थमन्त्रीमा जनार्दन शर्माको पुनःनियुक्तमा अनुपस्थित रहेर विवादित बनेका यसअघिका सचिव मधुकुमार मरासिनीलाई सरकारले प्रधानमन्त्री कार्यालयमा तानेपछि पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइएको थियो ।

