Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल

अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा डा. पोखरेल

बुधवार, भाद्र १ २०७९
  • काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको विज्ञ सल्लाहकारमा डा. शालिकराम पोखरेल नियुक्त भएका छन् । उनलाई काजमा मन्त्रालय तानिएको हो ।

    नेपाल राष्ट्र बैंकको उपनिर्देशक रहेका डा. पोखरेललाई यसअघि मन्त्रालयले काजमा पठाइदिन भन्दै राष्ट्र बैंकलाई पत्राचार गरेको थियो । सोहीअनुसार उनी अर्थमन्त्रीको विज्ञ सल्लाहकारमा नियुक्त भएका हुन् । 

    दोस्रो पटक अर्थ मन्त्रालयमा प्रवेश भएसँगै यसअघि शर्माले सञ्चार विज्ञका रुपमा मनऋषि धिताललाई नियुक्त गरेका थिए । 

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार