Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जवाङ खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द, दशैंमा यात्रुलाई सास्ती

जवाङ खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडक बन्द, दशैंमा यात्रुलाई सास्ती

आर्थिक पत्र
मंगलवार, आश्विन ७ २०८२
  • काठमाडौं । पृथ्वी राजमार्गमा पर्ने धादिङको बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर १० स्थित जवाङ खोलामा सुख्खा पहिरो खस्दा मुग्लिन–काठमाडौं सडकखण्ड बन्द भएको छ।

    गएराति खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालन गरिएकोमा लगत्तै ठूलो पहिरो खसेपछि सडक बन्द भएको हो। यता पहिरो ठूलो मात्रामा खसेकाले आजै पहिरो पन्छाएर बाटो खुलाउने सम्भावना कम रहेको छ।

    रातिदेखि नै पहिरो पन्छाउन शुरू गरिएको भए तापनि बिहान ५ बजेसम्म पनि निरन्तर पहिरो खसेकाले बाटो पूर्ण रूपमा ठप्प भएको छ। सडक बन्द भएसँगै दशैंका लागि हिंडेका यात्रुहरू रातिदेखि नै अलपत्र परेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार