Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्री खुला हुँदै

बिहिवार, भाद्र २ २०७९
  • काठमाडौं । प्रभु बैंकले १० भदौदेखि संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १४० रुपैयाँ तोकेको छ । 

    लगानीकर्ताले १४० रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघसंस्थाहरुले १७ भदौसम्म आवेदन दिन सक्नेछन् । 

    लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकि लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार