काठमाडौँ । पहिरोले तीन सडकखण्ड पूर्णरूपमा अवरुद्ध देशका विभिन्न भागमा अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण तीन सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएका छन्।
संखुवासभा जिल्लाको भोटेखोला गाउँपालिका–४ बरुण र मकालु गाउँपालिका–३ एकुवा क्षेत्रमा पर्ने कोशी राजमार्गमा पहिरो खसेपछि यातायात पूर्णरूपमा ठप्प भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
त्यस्तै, रसुवा जिल्लाको गोसाइगुण्ड गाउँपालिका–२ स्थित नेपाल–चीन सीमा नजिकको पुल क्षेत्रमा बाढी आउँदा सडक अवरुद्ध भएको नेपाल प्रहरीले जानकारी दिएको छ। यो सडक खण्ड दुई देशलाई जोड्ने महत्त्वपूर्ण नाका भएकाले अवरुद्धताले व्यापारिक आवागमनमा पनि असर परेको छ।


