Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मानुषी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

मानुषी लघुवित्तमा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

आर्थिक पत्र
आइतवार, आश्विन १२ २०८२
  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले ६ जना कर्मचारी माग गरेको छ। कम्पनीले वरिष्ठ सहायक (लेखा तथा वित्त विभाग) मा १ जना, सहायक ३ जना र कनिष्ठ सहायक २ जना माग गरेको हो।

    वरिष्ठ सहायकका लागि स्नातक उत्तीर्ण भई लघुवित्तमा कम्तीमा २ वर्ष वा प्रविणता पत्र तह उत्तीर्ण भई लघुवित्तमा ३ वर्ष काम गरेको हुनु पर्नेछ। केन्द्रीय कार्यालयको विभागमा काम गरेकाले प्राथमिकता पाउनेछन्।

    सहायकका लागि प्रविणता पत्र तह वा प्लस टू उत्तीर्ण गरी लघुवित्तमा २ वर्ष कनिष्ठ सहायकको रूपमा काम गरेको हुनु पर्नेछ। यता कनिष्ठ सहायकका लागि एलएलसी वा सो सरह उत्तीर्ण भई लघुवित्तमा १ वर्ष काम गरेको हुनु पर्नेछ। यसमा प्रविणता प्रमाण पत्र तह वा प्लस टू उत्तीर्ण गरेकाले प्राथमिकता पाउनेछन्। साथै ग्रामिण क्षेत्रको फिल्डमा गई काम गर्न इच्छुक चाहिने कम्पनीले जनाएको छ।

    उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको (महिलाको हकमा माथिल्लो उमेर हदमा ५ वर्ष थप) हुनु पर्नेछ। योग्य तथा इच्छुक व्यक्तिले आवश्य कागजात सहित अबको १५ दिनभित्र आवेदन दिनु पर्नेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार