Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

आर्थिक पत्र
आइतवार, आश्विन १९ २०८२
  • काठमाडौं। अविरल वर्षाका कारण हिजोदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएको छ।

    त्रिभुवन विमानस्थल कार्यालयले मौसम अनुकूल रहेका स्थानमा आन्तरिक उडान सुरु भएको जानकारी दिएको हो।

    अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित छ। शनिबार आन्तरिक उडान ठप्प हुँदा सयौं यात्रु विमानस्थलमै अलपत्र परेका थिए। धेरै यात्रुहरू दशैंपछिको यात्राका लागि टिकट लिएर प्रतीक्षारत रहेकाले असुविधा व्यहोर्नु परेको थियो।

    मौसम सुधारसँगै उडान पुनः सुरु भएपछि यात्रुहरूले सहजता महसुस गर्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार