Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

चौधरी ग्रुपद्वारा जेन–जी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने घोषणा

चौधरी ग्रुपद्वारा जेन–जी आन्दोलनका शहीद परिवारलाई रोजगारी दिने घोषणा

आर्थिक पत्र
बिहिवार, आश्विन २३ २०८२
  • धनगढी । चौधरी ग्रुप (सीजी) ले जेन–जी आन्दोलनका क्रममा शहादत प्राप्त गरेका प्रत्येक शहीद परिवारका एक सदस्यलाई रोजगारी प्रदान गर्ने घोषणा गरेको छ । समूहले जारी गरेको सूचनाअनुसार इच्छुक शहीद परिवारका सदस्यले आवश्यक कागजातसहित इमेलमार्फत आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।

    सीजीले शहीद परिवारप्रति सम्मान र सहानुभूतिको रूपमा रोजगारी अवसर प्रदान गर्न लागेको जनाएको छ । सूचनाअनुसार इच्छुक परिवारका सदस्यहरूले आवश्यक कागजातहरू संलग्न गरी cggenzsupport@chaudharygroup.com इमेलमा पठाउनुपर्नेछ ।

    आवेदनका लागि आवश्यक कागजातमा नेपाल सरकारद्वारा जारी गरिएको जेन–जी आन्दोलनको शहीद प्रमाणपत्रको प्रतिलिपि, शहीदसँगको नाता खुल्ने स्थानीय तह वा अन्य आधिकारिक निकायबाट जारी प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र, विशेषज्ञता तथा अनुभवका प्रमाणपत्र (भएमा), नेपाली नागरिकताको प्रमाणपत्र र बायोडाटा समावेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार