Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

सूर्याेदय वोमी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग

सूर्याेदय वोमी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग

आर्थिक पत्र
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न ४ वटा पदहरूमा कुल ४२ जना कर्मचारी माग गरेको छ।

    कम्पनीले सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना र सुपरभाइजर (शाखा प्रमुख) पदमा १ जना कर्मचारी माग गरेको हो।

    उमेरको हदमा १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनु पर्नेछ। महिलाको हकमा ४० वर्ष ननाघेको हुनु पर्नेछ। सूचनामा तोकिएको योग्यता पूरा भएको हुनु पर्नेछ भने मोटरसाइकल वा स्कुटरको लाइसेन्स भएकाले प्राथमिकता पाउने कम्पनीले जनाएको छ।

    योग्य तथा इच्छुक व्यक्तिले कात्तिक २१ गतेभित्र आवश्यक कागजात सहित दरखास्त आवेदन दिनु पर्नेछ। दरखास्त फाराम कम्पनीको आधिकारिक वेबसाइटमा पाइनेछ भने फाराम कम्पनीको इमेल ठेगानामा पठाउनु पर्नेछ।

    परीक्षाको किसिम लिखित र अन्तर्वार्ता वा दुवै हुनेछ। पारिश्रमिक र अन्य सेवा तथा सुविधा कम्पनीको नियम अनुसार हुने कम्पनीले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार