Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

आर्थिक पत्र
शुक्रवार, कार्तिक ७ २०८२
  • रसुवा- नेपाल–चीनबीचको सीमा क्षेत्र ल्हेन्दे खोलामा निर्माणाधीन मितेरी पुल(बेलिब्रिज) पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

    चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको सो पुलमा आवश्यक पार्टपुर्जा जडान र पिलर ठड्याउने काम पूरा भइसकेको जनाइएको छ।

    गत असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले पक्की मोटोरेबल पुल बगाएपछि चीन सरकारले पुनःनिर्माणको जिम्मा लिएको हो।

    निर्माणस्थलमा हाल वारीपारीको भाग जडान पूरा हुँदै गर्दा पुलको बीच भाग लच्किएपछि थप स्थायित्वका लागि चिनियाँ प्राविधिक टोलीले खोलाको माझमा नयाँ पिलर निर्माण कार्य सुरु गरेको प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए।

    उनका अनुसार कामको तीव्रता हेर्दा यही कात्तिक १५ गतेसम्म पुल सञ्चालनमा आउने सम्भावना रहेको छ। सीमाक्षेत्रका समकक्षी चिनियाँ अधिकारीहरूले औपचारिक सञ्चालन मिति भने अद्यावधिक नगरेको पन्थीले बताए।

    व्यवसायीहरूले पुल पुनः सञ्चालनमा आएपछि नेपाल–चीनबीचको व्यापार व्यवसाय सहज हुने विश्वास व्यक्त गरेका छन्।

    त्यस्तै, पुल सञ्चालनसँगै मालसामान आयात पुनः सुरु हुने भएकाले भन्सार कार्यालयले आवश्यक तयारी पूरा गरेको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले जानकारी दिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार