Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भैरहवामा पुनः उडान शुरू गर्दै थाइ एयर एशिया

भैरहवामा पुनः उडान शुरू गर्दै थाइ एयर एशिया

आर्थिक पत्र
आइतवार, कार्तिक ९ २०८२
  • काठमाडौं । थाइ एयर एशियाले आइतबारदेखि भैरहवामा पुनःउडान शुरू गर्ने भएको छ ।

    आइतबार र बुधबार गरि सातामा २ पटक बैंकक–भैरहवा–बैंकक उडान हुन लागेको हो । थाइ एयर एशियाको जहाज आइतबार दिउँसो सवा १२ बजे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका छ ।

    यसैगरी, सवा १ बजे भैरहवाबाट बैंकक प्रस्थान गर्ने तालिका रहेको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिए ।

    थाइ एयर एशियाले गत वर्ष पनि विन्टर सेड्युलमा उडान गरेको थियो । तर, चैतबाट उडान रोकिएको थियो । कात्तिकबाट फेरि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाइ एयर एशियाले उडान शुरू गर्न लागेको हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार