Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद अब तीन दिन मात्र

ङादी ग्रुप पावरको हकप्रद सेयरमा आवेदन दिने म्याद अब तीन दिन मात्र

आइतवार, भाद्र ५ २०७९
  • काठमाडौं । ङादी ग्रुप पावरको साउन १८ गतेदेखि १५०% हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । तर, अब यसमा आवेदन दिने म्याद आइतबारसहित ३ दिन मात्र रहेको छ ।

    कम्पनीका अनुसार यस हकप्रद सेयरमा भदौ ७ गते मंगलबारसम्म आवेदन दिन सकिनेछ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १ः१.५ अनुपातमा १ करोड ६ लाख ३ हजार ९८६ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । असार १९ गतेसम्म कायम रहने सेयरधनीले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । 

    यस हकप्रदमा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल नक्साल, काठमाडौंका साथै सिद्धार्थ बैंकका विराटनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन । यस्तै, सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ ।

    हाल यसको चुक्ता पुँजी ७० करोड ६९ लाख ३२ हजार ४०० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि यसको चुक्ता पुँजी १ अर्ब ७६ करोड ७३ लाख रुपैयाँ पुग्नेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार