Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

२८३ मेगावाट विद्युत निर्यात अनुमति नविकरण

आर्थिक पत्र
बिहिवार, कार्तिक १३ २०८२
  • काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत् निर्यातको स्वीकृति नविकरण पाएको छ। भारतको केन्द्रीय विद्युत प्राधिकरणले नेपालका आठ जलविद्युत आयोजनाबाट उत्पादित विद्युत् निर्यातका लागि दिएको स्वीकृतिलाई नविकरण गरेको हो।

    प्राधिकरणले अतिरिक्त विद्युत् भारतको ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्फत प्रतिश्पर्धी दरमा बिक्री गर्दै आएको छ भने द्धिपक्षीय सम्झौताअन्तर्गत हरियाणा र बिहार राज्यमा पनि विद्युत् निर्यात भइरहेको छ। यसैगरी, प्रसारण संरचनाको माध्यमबाट बंगलादेशमा पनि विद्युत् निर्यात भइरहेको छ।

    नविकरण स्वीकृति पाएका चार आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत् आइएक्समा बिक्रीका लागि प्राप्त अनुमति समय सिमा सकिएकाले अब करिब एक वर्षका लागि पुनः अनुमति दिइएको छ। यसले आयोजनाबाट उत्पादित विद्युत् आइएक्समा निरन्तर बिक्री सम्भव हुने भएको छ।

    हरियाण राज्यलाई बिक्रीका लागि दिइएको अनुमति जुन–अक्टोबर महिनासम्म लागू हुने र आइएक्समा पनि बिक्रीको लागि अनुमति माग गरिएको थियो।

    नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले भारत भ्रमणको क्रममा विद्युत् निर्यात स्वीकृतिको प्रक्रियालाई सरल बनाउन आग्रह गरेका थिए। उनका अनुसार, नेपालमा विद्युत उत्पादनको समय अहिले सबैभन्दा उपयुक्त भएकाले प्रस्तावलाई तत्काल स्वीकृति दिन आवश्यक रहेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार