Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध

आर्थिक पत्र
शुक्रवार, कार्तिक १४ २०८२
  • चितवन। नारायणगढ-मुग्लिन सडक पहिरोका कारण अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला नजिक पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार बिहीबारदेखिको निरन्तरको वर्षाका कारण पहिरो खसेको हो । बाटो अवरुद्ध भएपछि सवारीसाधन सडकमा रोकिएका छन् । पहिरो पन्छाएर यथाशीघ्र सडक सुचारु गर्न आफूहरू लागिपरेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार