Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ

हुम्लाको पर्यटकीयस्थल लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ

आर्थिक पत्र
आइतवार, कार्तिक १६ २०८२
  • सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीको पर्यटकीय गन्तव्य लाप्चामा सञ्चार सुविधा नहुँदा कठिनाइ भएको छ। सञ्चार सुविधा नहुँदा यहाँ घुम्न आउने पर्यटकलाई समस्या भएको छ। लाप्चाबाट चीनमा पवित्र तीर्थस्थल मानसरोवर कैलाश पर्वतको सहजै दर्शन गर्न सकिन्छ।

    लिमी उपत्यकाका तीन गाउँ हल्जी, तीलर जाङमा फोनको सुविधा भए पनि लाप्चामा सञ्चार सुविधा छैन। लाप्चामा फोरजी इन्टरनेट सेवा सञ्चालनमा ल्याउनसके सबैलाई सहज हुने वडाध्यक्ष पाल्जोर तामाङले बताए।

    नेपाली भूमि लाप्चाबाट मानसरोवर कैलाश दर्शन गरेपछि बास बस्ने स्थान टाक्चीमा कुनै पनि सञ्चार सुविधा छैन। लिमीमा फोरजी टावर जडानका लागि गाउँपालिकाले अग्रसरता लिए पनि सम्भव नभएको गाउँपालिकाका अध्यक्ष प्रेम लामाको भनाइ छ।

    नेपाली भूमि लाप्चाबाट वर्षमा ६ महिना मानसरोवर कैलाशको दर्शन गर्न मिल्छ। हिउँद याममा हिमपातले ६ महिना न्यालु, नारा लेख अवरुद्ध हुने हुँदा बैशाखदेखि कात्तिकसम्म मात्रै यहाँबाट दर्शन गर्न सकिन्छ। रासस

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार