Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बढ्याे सुनचाँदीको मूल्य

बढ्याे सुनचाँदीको मूल्य

बुधवार, चैत्र ३० २०७८
  • काठमाडौँ । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्य बढेको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको एक लाख ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    तेजावी सुनको भाउ तोलाको एक लाख एक हजार रुपैयाँ निर्धारण भएको छ ।

    आज चाँदीको भाउ पनि बढेको छ । मंगलबार एक हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा २० रुपैयाँले बढेर १ हजार ४०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार