Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

जलवायु प्रतिरोधात्मक पूर्वाधार निर्माणमा दातृ निकायले सघाउने

आर्थिक पत्र
बिहिवार, कार्तिक २० २०८२
  • काठमाडौं। नेपालमा विपद् जोखिम न्यूनीकरण, जलवायु परिवर्तन अनुकूलन तथा प्रतिरोधात्मक पूर्वाधार विकासकामा एसियाली विकास बैंक (एडिबी), विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ र स्वीस विकास सहयोग (एसडिसी) ले सहयोग गर्ने भएका छन्।

    तीन दातृ निकायले आगामी तीन वर्षसम्म प्रदान गर्ने सहायतासम्बन्धी समझदारीपत्रमा बुधबार यहाँ हस्ताक्षर गरेका विश्व बैंकको कार्यालयले जनाएको छ।

    त्रिपक्षीय समझदारीअनुसार जलवायुजन्य जोखिम मूल्यांकन, सूचना प्रणालीको सुदृढीकरण एवं जलवायु जोखिम व्यवस्थापनलाई प्राथमिकता दिइनेछ।

    नेपाल बाढी, पहिरो, खडेरी तथा हिमनदी पग्लनेजस्ता जलवायुजन्य जोखिममा रहेकाले सहायता अपरिहार्य भएको जनाउँदै उक्त कार्यालयले जारी गरेको प्रेस विज्ञप्तिमा त्यसबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार