काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणलाई घोराही सिमेन्टले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइन प्रयोग गरेबापत १ करोड ८१ लाख रुपैयाँ बक्यौता तिरेको छ । घोराही सिमेन्टले ५० करोड ८५ लाख तिर्न बाँकी थियो ।
प्राधिकरणका अनुसार सिमेन्टले बुधबार पहिलो किस्ता तिरेसँगै उद्योगमा लाइन जोडिएको छ । विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइन विद्युत् बक्यौता नतिरेपछि बिजुली काटेका १५ उद्योगले बक्यौता रकम बुझाएका छन् । प्राधिकरणले लामो समय विवादित बन्दै आएको डेडिकेटेड र ट्रंकलाइन विद्युत् महसुल नतिरेको भन्दै कात्तिक ४ र ७ गते बक्यौता नबुझाएका २५ उद्योगको विद्युत् काटेको थियो ।

