Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

गढवा गाउँपालिकाबाट मात्रै ६९ लाखको धान खरिद

गढवा गाउँपालिकाबाट मात्रै ६९ लाखको धान खरिद

आर्थिक पत्र
सोमवार, मंसिर १ २०८२
  • दाङ । दाङको गढवा गाउँपालिकाका किसानसँग खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड तुलसीपुरले ६९ लाखभन्दा बढि मूल्यको धान खरिद गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यही कात्तिक २४ देखि २८ गतेसम्म ८० जना किसानको ६९ लाख २७ हजार छ सय २० रूपियाँ मूल्यको दुई हजार क्वीन्टल धान खरिद गरेको सूचना अधिकारी शक्तिराम डाँगीले जानकारी दिनुभएको छ ।

    जिल्ला प्राथमिक खरिद समिति दाङले तोकेअनुसार गढवा गाउँपालिकामा किसानसँग धान खरिद गरिएको बताउनुभयो । गढवा गाउँपालिकामा धान खरिद सकिएपछि लमही नगरपालिकामा किसानसँग धान खरिद गर्न थालिएको छ । दाङमा धान खरिद गर्नका लागि तोकेको पाँच हजार क्वीन्टल कोटामध्ये जिल्लाका तीन स्थानीय तहसँग खरिद गर्ने सम्झौता छ । सोही अनुसार गढवा गाउँपालिकाबाट दुई हजार क्वीन्टल धान खरिद गर्ने काम सकेको छ ।

     

    लमही नगरपालिका एक हजार पाँच सय क्वीन्टन धान किसानसँग खरिद गरिनेछ । लमहीमा प्रति किसान अधिकतम १५ क्वीन्टलसम्म धान खरिद गरिने छ । खाद्यले गढवामा प्रति किसान अधिकतम ४० क्वीन्टलसम्म धान खरिद गरेको थियो । प्रति क्वीन्टल तीन हजार चार सय ६३ रूपियाँ ८१ पैसाका दरले किसानसँग धान खरिद गरिरहेको छ । जिल्लामा गतवर्ष खाद्यले आठ हजार क्वीन्टल धान खरिद गर्ने परिचयपत्र भएकोमा एक हजार छ सय क्वीन्टल मात्र धान खरिद गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार