Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मन्दाकिनी हाइड्रोले नयाँ आयोजना निर्माणका लागि एनएमबि बैंकसँग 'फाइनान्सियल क्लोजर'

मन्दाकिनी हाइड्रोले नयाँ आयोजना निर्माणका लागि एनएमबि बैंकसँग 'फाइनान्सियल क्लोजर'

आर्थिक पत्र
मंगलवार, मंसिर ९ २०८२
  • काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना निर्माणका लागि फाइनान्सियल क्लोजर सम्पन्न गरेको छ । कम्पनीले २.९ मेगावाट क्षमताको माथिल्लो सार्दीखोला जलविद्युत आयोजना विकास गर्न एनएमबि बैंक लिमिटेडसँग वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) पूरा गरेको हो ।

    मन्दाकिनी हाइड्रोपावर कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका–स्थित ४ मेगावाटको सार्दीखोला जलविद्युत आयोजना निर्माण गरी २०७४ साल मंसिरदेखि व्यवसायिक सञ्चालनमा ल्याएको हो । 

    विगत तीन वर्षदेखि सेयरधनीहरूलाई निरन्तर नगद लाभांश तथा बोनस सेयर वितरण गर्दै आएको हाइड्रोपावरले उक्त आयोजनाको निर्माण कार्य पनि अघि बढाएको जनाएको छ।

    आवश्यक स्वपूँजी जुटाउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरिसकेको छ। यसका लागि विद्युत् नियमन आयोगबाट १ः०.६६४ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न पूर्व–स्वीकृति प्राप्त गरिसकेको कम्पनीले जनाएको छ ।

    हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्ध कार्यका लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडसँग द्विपक्षीय सम्झौता भइसकेको छ । कम्पनीले हकप्रद सेयर जारी गर्न स्वीकृति पाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आधिकारिक रूपमा आवेदनसमेत दर्ता गरिसकेको छ ।

    मन्दाकिनी हाइड्रोपावरले नयाँ आयोजना मार्फत क्षमता विस्तार गर्दै कम्पनीको उत्पादन वृद्धि र सेयरधनीका प्रतिफलमा थप सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार