Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अरूण तेस्रो जलविद्युत परियोजनाका मुद्दा सम्बोधन गर्ने सहमति

अरूण तेस्रो जलविद्युत परियोजनाका मुद्दा सम्बोधन गर्ने सहमति

आर्थिक पत्र
बुधवार, मंसिर १० २०८२
  • काठमाडौं । अरूण तेस्रो जलविद्युत परियोजनामा देखा परेका मुद्दाहरूलाई सम्बोधन गर्ने सहमति भएको छ।

    लगानी बोर्ड, विकासकर्ता कम्पनी एसएपिडिसी, जिल्ला समन्वय समिति, सम्बद्ध स्थानीय तह र जिल्ला विकास प्रशासन कार्यालयले आपसी समन्वयमा परियोजना विकास सम्झौताको प्रावधान समेतलाई विचार गरी परियोजनाबारे उठेका विभिन्न सवालहरूलाई सम्बोधन गर्ने निर्णय गरेको हो।

    संखुवासभाको खाँदबारीमा मंगलबार सरोकारवालाहरूसँग भएको छलफल र सुझावका आधारमा सो निर्णय भएको हो। त्यसैगरी परियोजना विकास सम्झौताको प्रावधान अन्तर्गत विकासकर्ताले स्थानीय लाभ साझेदारी योजना अन्तर्गत सञ्चालन गरेका कार्यक्रमहरूको सूची तयार पेस गर्ने र तिनको प्रभावकारिताका सम्बन्धमा परियोजना समन्वय समितिले अनुगमन गर्ने निर्णय गरिएको हो।

    बैठकमा सम्बद्ध स्थानीय तहसँग समेत समन्वयमा आयोजना समन्वय समितिले आगामी दिनमा स्थानीय लाभ साझेदारी योजना अन्तर्गत गरिनुपर्ने कार्यहरूको सूची तय गरी लगानी बोर्डको कार्यालयलाई सिफारिससहित लेखी पठाउने सहमति पनि गरिएको छ।

    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली, संखुवासभा जिल्लाका जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्य, प्रमुख जिल्ला अधिकारी सिर्जना थपलिया, लगानी बोर्डका सहसचिव बाबुराज अधिकारी, चिचिला गाउँपालिकाका अध्यक्ष पासाङ नुर्वु शेर्पा, मकालु गाउँपालिकाका अध्यक्ष ओङदी छिरिङ शेर्पा, वाङ छेदर लामा, खाँदबारी नगरपालिकाका उपमेयर महेश्वरा श्रेष्ठ (बज्राचार्य), सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरे, एसएपिडिसीका प्रमुख कार्यकारी अधिकृत राजेश चंदेल लगायत सहभागी थिए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार