Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

बेनी-पाखापानी सडक : किराखोर-नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

बेनी-पाखापानी सडक : किराखोर-नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

आर्थिक पत्र
शुक्रवार, मंसिर १२ २०८२
  • म्याग्दी । बेनी-पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो ।

    बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ ।

    वर्षा यामको पानीको निकासका निम्ति नाला र टेवा पर्खाललगायत सडक संरक्षणका संरचना पनि धमाधम निर्माण भइरहेका छन् । यो सडक कालोपत्र गर्न १० करोड १६ लाख एक हजार ३६४ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार