Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

पर्यटन प्रवर्द्धन गर्न जोड्न पोखरामा दाइँ महोत्सव

आर्थिक पत्र
शुक्रवार, मंसिर १२ २०८२
  • गण्डकी। कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ ।

    पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो ।

    कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुका साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पु¥याउन महोत्सव आयोजना गरिएको परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिए।

    कृषिका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने लगायतको उद्देश्य राख्दै महोत्सव आयोजना गरिएको महोत्सव संयोजक हरि भुजेलले जानकारी दिए।

    महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितालगायत प्रतियोगितात्मक गतिविधि हुने छन् ।

    पर्यटनसँग हरेक क्षेत्र जोडिएको, कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण पक्ष भएकाले महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले राससलाई बताए।

     
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार