Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

आर्थिक पत्र
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं। दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँको योगदान गरेको छ ।

    कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो।

    बिहीबार अर्थ मन्त्रालयमा पुगी कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले बीस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन्। अर्थमन्त्रीले कम्पनीको योगदानका लागि धन्यवाद ज्ञापन समेत गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार