Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ताइवानलाई ११ अर्ब डलरको हतियार दिने अमेरिकाको घोषणा

ताइवानलाई ११ अर्ब डलरको हतियार दिने अमेरिकाको घोषणा

आर्थिक पत्र
बिहिवार, पौष ३ २०८२
  • काठमाडौं । ट्रम्प प्रशासनले ताइवानसँग लगभग ११ अर्ब डलरको प्रमुख हतियार सम्झौताको घोषणा गरेको छ, जसमा उन्नत रकेट लन्चर, स्वचालित होविट्जर र विभिन्न प्रकारका क्षेप्यास्त्रहरू समावेश छन्।

    यद्यपि, यो सम्झौतालाई अमेरिकी कांग्रेसले अझै अनुमोदन गरेको छैन। जनवरीमा ह्वाइट हाउस फर्केपछि डोनाल्ड ट्रम्पले ताइवानसँग हस्ताक्षर गर्ने यो दोस्रो हतियार सम्झौता हुनेछ।

    चीनले ताइवानको समुद्री र हवाई सीमामा नियमित रूपमा घुसपैठ गर्दै आएको छ र यो सम्झौतालाई महत्त्वपूर्ण मानिन्छ।

    चीनले ताइवानलाई विद्रोही प्रान्त मान्दछ र एक दिन यो चीनमा विलय हुने बताउँछ।

    ताइवानको रक्षा मन्त्रालयले यो सम्झौताले ताइवानलाई “द्रुत गतिमा बलियो प्रतिरोध क्षमताहरू विकास गर्न” मद्दत गर्ने बताएको छ।

    चीनले अहिलेसम्म यो घोषणाको जवाफ दिएको छैन।

    तर यसअघि चीनले यस्तै सम्झौतालाई ‘आफ्नो सार्वभौमसत्ता र सुरक्षाको गम्भीर उल्लङ्घन’ भनेर वर्णन गरेको थियो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार