Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५-जी सेवा सुरु

डिजिटल पहुँच विस्तार गर्दै श्रीलङ्कामा ५-जी सेवा सुरु

आर्थिक पत्र
आइतवार, पौष ६ २०८२
  • कोलम्बो । श्रीलङ्काले पहिलो पटक सर्वसाधारणका लागि ५जी मोबाइल सेवाको व्यावसायिक सुरुआत गर्दै डिजिटल प्रविधिको नयाँ चरणमा प्रवेश गरेको छ। देशका दुई प्रमुख दूरसञ्चार सेवा प्रदायक ‘डाइलग एक्सियाटा’ र ‘श्रीलङ्का टेलिकम मोबिटेल’ ले व्यावसायिक रूपमा ५जी सेवा सुरु गरेका छन् ।

    श्रीलङ्का टेलिकम मोबिटेलले शुक्रबार कोलम्बोस्थित वन गाल फेस किनमेल केन्द्रमा सेवा सुरु गर्दै उच्च गतिको इन्टरनेट तथा ५जी प्रविधिका अनुप्रयोगहरू प्रदर्शन गरेको थियो ।

    श्रीलङ्का टेलिकम समूहका अध्यक्ष मोथिलाल दे सिल्भाले ५जी प्रविधिले डेटा आदान–प्रदानलाई छिटो बनाउने मात्र नभई कृत्रिम बौद्धिकता आधारित सेवाहरूको प्रयोगमा पनि व्यापक योगदान दिने बताए ।

    डाइलग एक्सियाटाले बिहीबार ‘डाइलग ५जी अल्ट्रा’ सेवा औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । देशभर रहेका दुई सयभन्दा बढी सक्रिय ५जी केन्द्रमार्फत यो सेवाले पन्ध्र लाखभन्दा बढी प्रयोगकर्तालाई सेवा प्रदान गरिरहेको छ ।

    डाइलग एक्सियाटाका समूह प्रमुख कार्यकारी अधिकृत सुपुन वीरासिंहेले ५जी सेवा श्रीलङ्काको डिजिटल संरचना बलियो बनाउन र भविष्यमा नवप्रवर्तन, उत्पादनशीलता तथा डिजिटल पहुँच विस्तार गर्न महत्वपूर्ण कदम रहेको बताए। सिन्ह्वा

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार