Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

माघको अन्तिमदेखि देशभर पाठेघर क्यान्सरविरुद्धको एचपिभी खोप कार्यक्रम सञ्चालन हुने

आर्थिक पत्र
मंगलवार, पौष ८ २०८२
  • काठमाडौं । सरकारले यही माघको अन्तिम सातादेखि देशभर पाठेघर क्यान्सर विरुद्धको‘ह्यमुन प्यापिलोमा भाइरस’ (एचपिभी) खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

    नियमित राष्ट्रिय खोप तालिकाअनुसार माघको अन्तिम सातादेखि देशभर एचपिभी खोप कार्यक्रम सञ्चान हुन लागेको हो ।

    कक्षा ६ मा अध्ययनरत १० वर्ष पूरा गरेका साढे तीन लाख किशोरीलाई लक्षित गरेर खोप दिइनेछ ।

    गत वर्ष सरकारले कक्षा ६ देखि १० सम्म अध्ययनरत करिब १७ लाख किशोरीलाई खोप दिएको थियो । गत वर्ष दुई मात्राको खोप रहेको थियो । तर यस वर्ष भने एक मात्रा मात्र दिइने छ ।

    स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार नेपालमा औसतमा प्रत्येक दिन चार जना महिलाको पाठे घरको मुखको क्यान्सरबाट मृत्यु हुने अनुमान छ ।

    महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर क्यान्सरबाट महिलाको मृत्यु हुने पहिलो मुख्य कारण रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार