Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

तीन उद्योगलाई एक लाख १० हजार जरिवाना

आर्थिक पत्र
सोमवार, पौष १४ २०८२
  • काठमाडौँ।  नियमित रूपमा बजार अनुमगन तथा निरीक्षण गरिरहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १७ वटा उद्योग तथा फर्मको अनुमगन गरी कारवाही गरेको छ ।

    विभागले तीन वटा उद्योग तथा फर्मलाई रु एक लाख १० हजार जरिवाना गरेको छ । विभागले सम्झना अचार उद्योगलाई रु १० हजार, आरोहण फेशन क्राफ्ट प्रालि र साधना सप्लायर्सलाई समान रु ५० हजार जरिवाना गरेको छ ।

    विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १५ दफा ३८ घ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ १ क बमोजिम कारवाही गरेको हो । यसैगरी अन्य १४ वटा उद्योग÷फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । बजारमा स्वच्छता कायम राख्न, कालोबजारी नियन्त्रण गर्न विभागले नियमित रूपमा बजार अनुमगन गर्दै आएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार