Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ठेक्का अलपत्र पार्ने आधा दर्जन कम्पनी कालोसुचीमा

ठेक्का अलपत्र पार्ने आधा दर्जन कम्पनी कालोसुचीमा

आर्थिक पत्र
सोमवार, पौष १४ २०८२
  • काठमाडौं । प्रधानमन्त्री कार्यालयले पूर्व ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)को निर्माण कम्पनीसहित आधा दर्जन कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले तामाङको कान्छाराम कन्स्ट्रक्सनलाई डेढ वर्षका लागि कालोसूचीमा राखेको हो ।

    कान्छाराम कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्न ग्रामिण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय एकाइ श्रीमहल ललितपुरले सिफारिस गरेको थियो । सो सिफारिस अनुसार कालोसूचीमा राख्ने निर्णय पुस १३ गते भएको सार्वजनिक खरिद अनुगमन कार्यालयले आज जारी गरेको सूचनामा लेखिएको छ ।

    यसैगरी रौतामाई गाउँपालिका उदयपुरको सिफारिसमा सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालि धनुषा र विशाल निर्माण सेवा सिन्धुपाल्चोक एक–एक वर्षका लागि कालोसूचीमा परेका छन् । सिङ्दान सप्लायर्स एण्ड कन्स्ट्रक्सन प्रालिका मुख्य व्यक्ति रमेश कुमार सिङ्दान हुन् भने विशाल निर्माण सेवाका मुख्य व्यक्ति श्याम कुमार गलान हुन्

    सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार कान्छाराम कन्स्ट्रक्सनसँगै छोङ्गिङ इन्टरनेसनल कन्स्ट्रक्सन कर्पोरेसन चीनको कम्पनी पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ । यसैगरी नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालि धनुषा पनि डेढ वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीका मुख्य व्यक्ति बैजनाथ यादव हुन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार