Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

‘धुरन्धर’ ले नेपालमा कमायो ८ करोड

‘धुरन्धर’ ले नेपालमा कमायो ८ करोड

आर्थिक पत्र
सोमवार, पौष १४ २०८२
  • मुम्बई । रणवीर सिंहको एक्सन फिल्म ‘धुरन्धर’ ले नेपाली बक्स अफिसमा ८ करोड बढी कमाउन सफल भएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको सिनेमा : बक्स अफिस रिपोटमा ‘धुरन्धर’को आम्दानी ८ करोड ९९ लाख, ९३ हजार २८८ नेरु ग्रस कमाएको उल्लेख छ । नेपालमा फिल्मको टिकट भने २ लाख ७४ हजार ७२३ वटा रहेको छ ।

    फिल्मले बलिउडमा पनि कमाइमा सुनामी ल्याउँदै एकपछि अर्को ठुला रेकर्ड तोडेको छ । फिल्म डिसेम्बर ५ मा रिलिज भएको हो । आदित्य धरद्वारा निर्देशित ‘धुरन्धर’ एक स्पाई–थ्रिलर फिल्म हो । जुन सत्य घटनामा आधारित भनिएको छ । फिल्ममा रणवीरका अलावा सञ्जय दत्त, अक्षय खन्ना, अर्जुन रामपाल, आर माधवन र सारा अर्जुन मुख्य भूमिकामा छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार