Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

फ्रान्सद्वारा विद्युत् निर्यातमा पुनः नयाँ कीर्तिमान

आर्थिक पत्र
आइतवार, पौष २० २०८२
  • पेरिस। फ्रान्सले सन् २०२५ मा लगातार दोस्रो वर्ष विद्युत् निर्यातको नयाँ कीर्तिमान कायम गरेको छ । यो तथ्य देशको विद्युत् प्रसारण प्रणाली सञ्चालन गर्ने संस्था आरटीईले बिहीबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिवेदनअनुसार, फ्रान्सले सन् २०२५ मा कुल ९२ टेरावाट-घण्टा विद्युत् निर्यात गरेको छ, जुन सन् २०२४ को ८९ टेरावाट–घण्टाभन्दा बढी हो। फ्रान्स स्पेन बाहेक आफ्ना सबै छिमेकी मुलुकहरूसँग शुद्ध विद्युत् निर्यातकर्ता रहेको छ। स्पेनसँगको विद्युत् कारोबार भने करिब सन्तुलनमै रहेको जनाइएको छ।

    फ्रान्सेली आर्थिक दैनिक पत्रिका ले एशोका अनुसार, यस बलियो निर्यातको पछाडि दुई मुख्य कारण रहेका छन् । पहिलो, संरचनागत क्षयसम्बन्धी समस्याका कारण बन्द रहेका आणविक ऊर्जा केन्द्रहरू क्रमशः पुनः सञ्चालनमा आएपछि आणविक विद्युत् उत्पादन स्वास्थ्य सङ्कटअघिको स्तरमा फर्किएको छ । दोस्रो, आन्तरिक विद्युत् खपतको पुनःवृद्धि भने अपेक्षाकृत सुस्त रहेको छ ।

    प्रतिवेदनमा जनाइएअनुसार, सन् २०२५ मा फ्रान्सको कुल विद्युत् खपत करिब ४४९ टेरावाट–घण्टा रहेको छ, जुन अघिल्लो वर्षकै स्तरमा स्थिर छ । यो मात्रा सन् २०१४ देखि २०१९ सम्मको औसत खपतभन्दा करिब ६ प्रतिशत कम हो र लगातार तेस्रो वर्षसम्म यही अवस्था कायम रहेको छ ।

    यस अवस्थाले फ्रान्समा विद्युत् माग अझै पनि कार्बन उत्सर्जन घटाउने तथा औद्योगिक पुनरुत्थानसम्बन्धी राष्ट्रिय लक्ष्यअनुसार अघि बढ्न नसकेको सङ्केत गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार