Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छाैँ : मन्त्री श्रेष्ठ

साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रतिबद्ध छाैँ : मन्त्री श्रेष्ठ

आर्थिक पत्र
आइतवार, पौष २७ २०८२
  • काठमाडाैँ । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री बिन्दु श्रेष्ठले साना तथा मझौला उद्योगहरुलाई प्रवर्द्धन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छन् । साना तथा मझौला व्यवसायी महासंघ नेपालको २२औँ वार्षिक साधारण सभालाई आइतबार सम्बोधन गर्दै श्रेष्ठले त्यस्ता उद्योगलाई प्रवर्द्धन गर्ने जिम्मेवारी बागमती सरकारको समेत रहेकाले त्यसका लागि आफूहरु लागि परिरहेको बताइन् ।

    श्रेष्ठका अनुसार उद्योगी व्यवसायीहरुको व्यवसायीलाई प्रवर्द्धन गर्नका लागि वागमती सरकार अन्तर्गतका १३ वटै जिल्लाबाट उत्कृष्ट उद्यमीहरु छनोट गरेर सम्मान गर्ने गरिएको छ ।व्यवसायीहरुका समस्या समाधान गरेर अघि बढ्न बागमती सरकार तयार रहेको समेत उनले बताइन् ।मन्त्री श्रेष्ठले बागमती सरकारले हस्तकलालाई प्रवर्द्धन गर्न प्रत्येक वर्षको मंसिर २८ गते हस्तकला दिवस मनाउने गरी निर्णय गर्न लागेको जानकारी समेत दिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार