Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

टेस्लाले बन्द गर्‍यो मोडेल एस र एक्सको उत्पादन

टेस्लाले बन्द गर्‍यो मोडेल एस र एक्सको उत्पादन

आर्थिक पत्र
बिहिवार, माघ १५ २०८२
  • वासिङ्टन डीसी । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले आफ्नो दुई मोडेल एस र एक्सको उत्पादन बन्द गर्ने घोषणा गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत एलन मस्कले बुधबारको बैठकमा यी महँगा मोडेलहरूको उत्पादन रोक्दै कारखानाको क्षमता अब मानवरूपी (ह्युमानोइड) रोबोट निर्माणमा प्रयोग गरिने जानकारी दिएका हुन् ।मस्कले विद्युतीय गाडी बिक्री अब कम्पनीको मुख्य प्राथमिकतामा नरहन सक्ने सङ्केत समेत गरे । उनका अनुसार दुई सिटको, स्टेयरिङ र पेडलविहीन ‘साइबरक्याब’ नामक स्वचालित रोबोट ट्याक्सी भविष्यमा टेस्लाका अन्य सबै सवारी साधन भन्दा कयौँ गुणा बढी बिक्री हुने अपेक्षा गरिएको छ । तर टेस्लाको आर्थिक अवस्था कमजोर बन्दै गएको देखिन्छ ।

    सन् २०२५ को अन्तिम त्रैमासमा कम्पनीको समायोजित आम्दानी १६ प्रतिशतले घटेको छ भने खुद आम्दानी ६१ प्रतिशतले खस्किएको छ । वार्षिक रूपमा हेर्दा कम्पनीको खुद नाफा ४६ प्रतिशतले घट्दै ३ अर्ब ३० करोड डलरले कमी आएको छ । चौथो त्रैमासमा टेस्लाको बिक्रीमा अहिलेसम्मकै सबैभन्दा ठुलो वार्षिक कमी आएको छ ।सन् २०२२ मा १२ अर्ब ६० करोड डलरको कीर्तिमानी स्तरमा उक्लिएको टेस्लाको वार्षिक मुनाफा २०२५ सम्म आइपुग्दा त्यसको ३० प्रतिशतमा समेटिएको छ । पछिल्ला १० त्रैमासमध्ये ९ त्रैमासमा आम्दानी घटेको तथ्याङ्कले कम्पनी दबाबमा रहेको देखाउँछ ।

    यसबिच मस्कको राजनीतिक गतिविधि र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्धका कारण अमेरिका र युरोपका केही ग्राहकबिच टेस्लाको छवि कमजोर भएको छ । अमेरिकी कर छुट हटेपछि विद्युतीय गाडी बिक्री घट्नु र चीनमा बीवाईडी जस्ता प्रतिस्पर्धी कम्पनीको उदयले टेस्लालाई थप चुनौती दिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार