Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, माघ १६ देखि परीक्षण सुरु

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सम्पन्न, माघ १६ देखि परीक्षण सुरु

आर्थिक पत्र
बिहिवार, माघ १५ २०८२
  • काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माणकार्य सम्पन्न भएको जनाएको छ। नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण पूरा भएको हो।

    प्राधिकरणका कर्णाली प्रादेशिक प्रमुख शशीभूषण शाहका अनुसार सम्पन्न भएको प्रसारण लाइन तत्कालै राष्ट्रिय विद्युत् प्रणालीमा समाहित गरिनेछ। उनले बाँकेको कोहलपुर सवस्टेशनदेखि सुर्खेतको सुब्बाकुनामा निर्माण भएको सवस्टेशनसम्म १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १३२ किलोभोल्ट क्षमताको विद्युत् प्रवाह गरी यही माघ १६ गतेदेखि परीक्षण सुरु गरिने जानकारी दिए।

    उनका अनुसार बाँके, बर्दिया र सुर्खेत रुटमा परीक्षण सम्पन्न भएपछि प्रसारण लाइन नियमित सञ्चालनमा ल्याइनेछ। यससँगै कर्णाली प्रदेशमा विद्युत् आपूर्ति थप भरपर्दो र सुदृढ हुने अपेक्षा गरिएको छ।

    प्राधिकरणले प्रसारण लाइनको परीक्षण तथा सञ्चालनका क्रममा सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। टावरमा नचढ्न, कुनै पनि वस्तुले नछुन, टावर वरिपरि नजान, गाईवस्तुलाई टावर नजिक जान नदिन, खतरा संकेत राखिएका विद्युत् संरचनालाई नछुन तथा बालबालिकालाई टावर नछुन र नजिक जान नदिन आग्रह गरिएको छ।

    यसैगरी परीक्षणको क्रममा कुनै स्थानमा भिल्का देखिएमा वा अन्य कुनै खतरा देखिएमा तुरुन्तै नेपाल विद्युत् प्राधिकरण वा नजिकको प्रहरी कार्यालयमा जानकारी दिनसमेत अनुरोध गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार