Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

भारतले इरानको तेल किन्न छोडेर अमेरिकासँग किन्ने ट्रम्पको दाबी

भारतले इरानको तेल किन्न छोडेर अमेरिकासँग किन्ने ट्रम्पको दाबी

आर्थिक पत्र
आइतवार, माघ १८ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार भारतले इरानको सट्टा भेनेजुएलाको तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन्।

    भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई अपदस्थ गरेपछि अमेरिकाले भेनेजुएलाको तेल उद्योगमाथि नियन्त्रण लिने योजना बनाइरहेको छ। ट्रम्पले भेनेजुएला अब अमेरिकालाई उल्लेखनीय मात्रामा तेल आपूर्ति गर्न तयार रहेको पनि घोषणा गरेका छन्।

    शनिबार एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पलाई सोधिएको थियो – के चीनले भेनेजुएलालाई तेलको लागि तिरेको पैसा फिर्ता लिनेछ?

    यसको जवाफमा ट्रम्पले भने, “मलाई यसको बारेमा केही थाहा छैन। तर म तपाईंलाई भन्छु, चीनलाई स्वागत छ र उनीहरूले तेलमा धेरै राम्रो सम्झौता गर्न सक्छन्। हामी चीनलाई स्वागत गर्दछौं।”

    ट्रम्पले भने, “हामीले पहिले नै सम्झौता गरिसकेका छौं भारतले इरानबाट किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्नेछ। हामीले त्यो सम्झौता गरिसकेका छौं।”

    ट्रम्पले भने, ‘भेनेजुएलाको तेल किन्न चीनलाई पनि स्वागत छ, उनीहरू आएर तेल किन्न सक्छन्।’ ट्रम्पको यो दावीमा भारतबाट कुनै प्रतिक्रिया आएको छैन।

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार