Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित हुँदै

पोखरा विश्वविद्यालयका ६ हजार ६२२ जना विद्यार्थी दीक्षित हुँदै

आर्थिक पत्र
शुक्रवार, फाल्गुण ८ २०८२
  • काठमाडौं । पोखरा विश्वविद्यालयमा अध्ययन गरेका ६ हजार ६२२ जना विद्यार्थी आज दीक्षित हुँदैछन्। पोखरा महानगरपालिका–३० खुदी ढुंगेपाटनमा आज आयोजना हुने २१औं दीक्षान्त समारोहमा उच्च शिक्षा हासिल गरेकालाई उपाधि दिन लागिएको हो।

    आज व्यवस्थापन सङ्कायका ३ हजार ६२५ जना, विज्ञान तथा प्रविधि सङ्कायका २ हजार ५०६ जना, स्वास्थ्य विज्ञान सङ्कायका ३६५ जना र मानविकी तथा सामाजिक शास्त्र सङ्कायका १२६ जना विद्यार्थीलाई उपाधि दिन लागिएको हो।

    स्नातकोत्तर तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सबैभन्दा उच्च अंक ल्याउने विद्यार्थीलाई उपकुलपति पदक प्रदान गरिनेछ। साथै स्नातक तहको बीसीए कार्यक्रममा उच्च अंक ल्याउनेलाई अक्सफोर्ड पदक दिइनेछ भने शैक्षिक उत्कृष्टता प्रदर्शन गर्ने ६६४ जना विद्यार्थीलाई डी लिस्ट उपाधिबाट सम्मान गरिनेछ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार