Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

अमेरिकामा नयाँ आयात कर लागू, ट्रम्प प्रशासनले व्यापार नीति पुनर्संरचना

अमेरिकामा नयाँ आयात कर लागू, ट्रम्प प्रशासनले व्यापार नीति पुनर्संरचना

आर्थिक पत्र
मंगलवार, फाल्गुण १२ २०८२
  • काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ आयात कर मङ्गलबारदेखि लागू गराएका छन् । सर्वोच्च अदालतले विश्वव्यापी करसम्बन्धी पुरानो निर्णय खारेज गरेपछि सुरुमा १० प्रतिशत कायम गरिएको यो करलाई ह्वाइट हाउसले ‘संयुक्त राज्य अमेरिकाको भुक्तानी सन्तुलन घाटा सम्बोधन गर्ने उपाय’ का रूपमा व्याख्या गरेको छ।

    ट्रम्पले यो करलाई आगामी समयमा १५ प्रतिशतसम्म पुर्‍याउने योजना सार्वजनिक गरेका छन् । यद्यपि, अमेरिका–मेक्सिको–क्यानाडा व्यापार सम्झौता अन्तर्गत पर्ने सामानहरूमा छुट दिइनेछ। नयाँ कर १५० दिनसम्म मात्र कायम रहनेछ र दीर्घकालीन व्यापार नीति अघि बढाउने संक्रमणकालीन कदमको रूपमा लिइएको छ।

    कर फाउन्डेसनका अनुसार यस नयाँ करले वार्षिक करिब १२ खर्ब डलर बराबरको आयातमा प्रभाव पार्नेछ। अमेरिकी परिवारले औसत करिब एक हजार डलर बढी तिर्न सक्नेछन्। यस कदमले केही साझेदार राष्ट्रमा असन्तुष्टि बढाउन सक्ने र दीर्घकालमा आपूर्ति शृङ्खला विविधीकरणलाई तीव्र बनाउने अनुमान गरिएको छ।

    राष्ट्रपति ट्रम्पले अदालतको निर्णयपछि पनि आवश्यक परे थप कर वृद्धि गर्न सकिने चेतावनी दिए। अमेरिकी व्यापार प्रतिनिधि जेमीसन ग्रियरले वर्तमान कर सम्झौताहरू यथावत् रहने र साझेदार राष्ट्रहरूले प्रतिबद्धता पूरा गर्ने अपेक्षा गरिएको बताएका छन्।

     

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार