Logo

Oct 26 2026

Oct 26 2026 | २०८३ कार्तिक १० गते

images

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

चीन-जर्मनी सम्बन्ध मजबुत बनाउने प्रयास

आर्थिक पत्र
बिहिवार, फाल्गुण १४ २०८२
  • एजेन्सी। युक्रेनमा रुसको युद्ध र व्यापारिक मतभेदका बाबजुद चीनका राष्ट्रपति सी जिनपिङ र जर्मनीका चान्सलर फ्रेडरिक मर्जले विश्वव्यापी अशान्तिको युगमा दुई देशबीचको रणनीतिक साझेदारीलाई गहिरो बनाउने प्रयास जारी राख्ने प्रतिबद्धता जनाएका छन्।

    images

    बेइजिङमा भएको भेटमा सीले भने, ‘संसार जति जटिल र अशान्त हुन्छ, त्यति नै चीन र जर्मनीले आपसी विश्वास र रणनीतिक सञ्चार बलियो बनाउनुपर्छ ।’मर्जले जवाफमा दुई देशबीच मतभेद भए तापनि साझा उद्देश्यमा जोड दिन र संयुक्त चुनौतीको सामना गर्न दुवैले आवश्यक रहेको दाबी गरे।

    सी-मर्ज वार्ता मुख्यतया युक्रेन युद्ध, व्यापार घाटा र वैश्विक अर्थतन्त्रका चुनौतीहरूमा केन्द्रित रह्यो । जर्मनीको चीन व्यापार घाटा गत वर्ष बढेको छ, जहाँ निर्यात ९.७ प्रतिशतले घटेर ८१ अर्ब ३० करोड युरो पुगेको छ भने आयात ८.८ प्रतिशतले बढेर एक खर्ब ७० अर्ब ६० करोड युरो पुगेको छ । मर्जले चिनियाँ साझेदारसँग एयरबस विमान अर्डरजस्ता सम्झौताले व्यापारिक सम्भावनालाई बढाउन मद्दत गर्ने आशा व्यक्त गरे।

    चिनियाँ नेता सीले पनि युरोप र जर्मनीसँग ‘समान सहभागिता’ र सबै पक्षका वैध चिन्तालाई सम्बोधन गर्ने आवश्यकता औँल्याए । उनीहरूले द्वन्द्व समाधान र सुरक्षा, आर्थिक सहयोगका क्षेत्रमा आपसी समझदारी बढाउने प्रयासलाई प्राथमिकता दिने बताए।

    मर्जको दुई दिने भ्रमणले उनलाई हाङ्झाउमा ह्युमनोइड रोबोट उत्पादन गर्ने प्रमुख कम्पनीको भ्रमणमा पनि लैजाने कार्यक्रम छ, जसले चीनको प्राविधिक क्षमताको अवलोकन गर्न सहयोग गर्नेछ ।यो भ्रमण वासिङ्टन भ्रमणअघि भएकाले युरोप–चीन सम्बन्ध र अन्तर्राष्ट्रिय व्यापारको सन्दर्भमा रणनीतिक महत्त्व राख्दछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार