Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

निर्वाचनको दिन हवाई सेवा सुचारु हुने

निर्वाचनको दिन हवाई सेवा सुचारु हुने

आर्थिक पत्र
शुक्रवार, फाल्गुण १५ २०८२
  • काठमाडौं- आगामी फागुन २१ गते बिहीवार हुने प्रतिनिधिसभा निर्वाचनका दिन देशभर आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडानहरू नियमित रूपमा सञ्चालन गरिने भएको छ।निर्वाचन आयोगले निर्वाचन सुरक्षासहित मतदान प्रक्रियालाई सहजीकरण गर्ने विभिन्न निर्णयहरू गर्दै हवाई सेवा अवरुद्ध नगर्ने व्यवस्था मिलाएको हो। आयोगले यस सम्बन्धमा गृह मन्त्रालयलाई पत्राचार गरी आवश्यक समन्वय गर्न निर्देशन दिएको छ।

    निर्णयअनुसार उक्त दिन उडानका टिकट भएका यात्रुहरूले विमानस्थलदेखि आफ्नो घर वा बसोबास गर्ने होटलसम्म तथा त्यहाँबाट पुनः विमानस्थलसम्म आउजाउ गर्दा निजी सवारीसाधन वा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारी प्रयोग गर्न पाउनेछन्।

    यसअघि भएका निर्वाचनहरूमा भने आन्तरिक उडानहरू स्थगित गर्ने अभ्यास रहँदै आएको थियो। सोही परिप्रेक्ष्यमा नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी समेत जारी गर्दै आएको थियो। तर यसपटक भने उडान सेवा निरन्तर सञ्चालन गर्ने निर्णयले यात्रुहरूलाई सहज हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार