Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मध्यपूर्व युद्धको प्रभाव : ब्रेन्ट क्रुड तेलको मूल्य १९ महिनाकै उच्च विन्दुमा

मध्यपूर्व युद्धको प्रभाव : ब्रेन्ट क्रुड तेलको मूल्य १९ महिनाकै उच्च विन्दुमा

आर्थिक पत्र
बुधवार, फाल्गुण २० २०८२
  • एजेन्सी । मध्यपूर्वमा जारी युद्ध र बढ्दो तनावका कारण विश्व अर्थतन्त्रमा अस्थिरता देखिएको छ। युद्धसम्बन्धी समाचारले अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड तेलको मूल्यमा तीव्र वृद्धि भएको छ। बुधबार बिहान ब्रेन्ट क्रुड फ्युचरको मूल्य प्रतिव्यारेल ८२.७३ अमेरिकी डलर पुगेको छ । जुन पछिल्लो १९ महिनाकै उच्च स्तर हो।

    बजार विश्लेषकहरूका अनुसार कच्चा तेलको मूल्य लगातार तेस्रो दिन पनि ८० डलर प्रति ब्यारेलभन्दा माथि कायम रहेको छ। यसअघि यस्तो वृद्धि १८ जुलाई २०२४ पछि देखिएको थिएन। भूराजनीतिक अस्थिरता र आपूर्ति शृङ्खलामा अवरोधका कारण लगानीकर्ताहरूमा त्रास बढेको छ।

    विशेषज्ञहरू भन्छन्, यदि युद्ध लामो समयसम्म जारी रह्यो भने तेलको मूल्यमा थप उतारचढाव र वृद्धि हुने सम्भावना छ । जसले विश्व बजार र उपभोक्ता मूल्यमा प्रत्यक्ष प्रभाव पार्न सक्छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार