Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

आजदेखि हिमालय एअरलाइन्सले दुबई उडान सेवा पुनः सञ्चालन गर्ने

आर्थिक पत्र
आइतवार, फाल्गुण २४ २०८२
  • काठमाडौं । हिमालय एयरलाइन्सले दुबई गन्तव्यका लागि आफ्नो उडान सेवा पुनः सञ्चालन गर्ने घोषणा गरेको छ। यसअघि अस्थायी रूपमा निलम्बन गरिएको उडान सेवा पुनः नियमित रूपमा सञ्चालनमा ल्याउन लागिएको एयरलाइन्सले जनाएको छ।

    एअरलाइन्स्का अनुसार काठमाडौँ–दुबई उडान सेवा मार्च ८, २०२६ (आइतबार) देखि पुनः सञ्चालन हुनेछ भने दुबई–काठमाडौँ उडान सेवा मार्च ९, २०२६ (सोमबार) देखि सुरु गरिनेछ। उडान समय भने एअरलाइन्स्को नियमित तालिका अनुसार नै रहने कम्पनीले जनाएको छ।

    उडान सम्बन्धी थप जानकारीका लागि यात्रुहरूलाई एयरलाइन्सको आधिकारिक बिक्री कार्यालय वा सम्बन्धित ट्राभल एजेन्सीहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

    एअरलाइन्स्ले उडान सञ्चालनलाई निरन्तरता दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै सुरक्षाका कारणले कहिलेकाहीँ उडान रद्द हुन सक्ने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार