Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

मध्यपूर्व तनावः १७ करोड २० लाख ब्यारेल तेल बजारमा ल्याउने अमेरिकाको तयारी

आर्थिक पत्र
बिहिवार, फाल्गुण २८ २०८२
  • काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण विश्व बजारमा तेलको मूल्य अस्थिर बनेपछि अमेरिकाले आफ्नो रणनीतिक पेट्रोलियम भण्डारबाट १७ करोड २० लाख ब्यारेल तेल बजारमा पठाउने योजना सार्वजनिक गरेको छ ।

    अमेरिकी ऊर्जा विभागका अनुसार आगामी सातादेखि तेल भण्डार बजारमा पठाउन सुरु गरिनेछ र वितरण प्रक्रिया करिब १२० दिनसम्म चल्नेछ । फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमाथि हवाई आक्रमण सुरु गरेपछि विश्व बजारमा तेलको मूल्य निरन्तर बढिरहेको छ । यसबीच अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले पनि आपूर्ति अवरोध कम गर्न आफ्ना ३२ सदस्य देशको आपतकालीन भण्डारबाट ४० करोड ब्यारेल तेल बजारमा पठाउने निर्णय गरेको छ ।

    यद्यपि, यी कदमपछि पनि कच्चा तेलको मूल्यमा उल्लेख्य कमी नआएको बताइएको छ । विश्व बजारको मानक ब्रेन्ट क्रुडको मूल्य करिब ४.८ प्रतिशत बढेर प्रतिव्यारेल ९१.९८ डलर पुगेको छ ।

    यसैबीच, होर्मुज जलडमरू मार्ग आसपास बढ्दो तनावले विश्व ऊर्जा बजारलाई थप चिन्तित बनाएको छ । उक्त मार्गबाट विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने भएकाले अवरोधले विश्व अर्थतन्त्रमा ठूलो प्रभाव पर्ने आशंका व्यक्त गरिएको छ । एएनआई

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार