काठमाडौँ । ओपोले नेपालमा नयाँ स्मार्टफोन ओपो ए६ सार्वजनिक गरेको छ। लामो ब्याट्री लाइफ, आकर्षक डिस्प्ले र मजबुत डिजाइन प्राथमिकता दिने प्रयोगकर्तालाई लक्षित गर्दै कम्पनीले यो स्मार्टफोन बजारमा ल्याएको जनाएको छ।
यस स्मार्टफोनमा ७००० एमएएच क्षमताको ठूलो ब्याट्री रहेको छ, जसलाई ४५ वाट सुपरभूक फास्ट चार्जिङले समर्थन गर्दछ। यसले प्रयोगकर्तालाई लामो समयसम्म मोबाइल प्रयोग गर्न र छिटो चार्ज गर्न सहयोग पुर्याउने कम्पनीको दाबी छ।
ओपो ए६ मा १२० हर्ज एमोलेड अल्ट्रा–ब्राइट डिस्प्ले रहेको छ, जसको अधिकतम ब्राइटनेस ११२५ निट्ससम्म पुग्छ। यसले स्मूथ भिजुअल अनुभव प्रदान गर्नुका साथै बाहिरी उज्यालोमा पनि स्क्रिन स्पष्ट देख्न सकिने बनाउँछ।
यस स्मार्टफोनको अर्को प्रमुख विशेषता अन्डरवाटर फोटोग्राफी तथा भिडियोग्राफी क्षमता हो। आइपी६९ वाटर तथा डस्ट रेसिस्टेन्सका कारण पानीभित्र समेत फोटो तथा भिडियो खिच्न सकिने सुविधा उपलब्ध रहेको कम्पनीले जनाएको छ।
क्यामेरा पक्षमा ५० मेगापिक्सेल एआई मेन क्यामेरा दिइएको छ, जसले विभिन्न प्रकाश अवस्थाहरूमा पनि स्पष्ट र विस्तृत तस्बिर खिच्न सहयोग गर्छ।
प्रदर्शनका लागि यसमा ६ एनएम स्न्यापड्रागन चिपसेट प्रयोग गरिएको छ, जसले मल्टिटास्किङ, गेमिङ तथा दैनिक प्रयोगका लागि प्रभावकारी प्रदर्शन दिने बताइएको छ। साथै एआई गेमबुस्ट र एआई लिंकबुस्ट ३.० ले गेमिङ अनुभवलाई थप सुधार गर्दै स्थिर नेटवर्क कनेक्टिभिटी सुनिश्चित गर्ने कम्पनीको भनाइ छ।
भारी प्रयोगका क्रममा पनि ताप व्यवस्थापन कायम राख्न सुपरकुल भीसी कूलिङ सिस्टम समावेश गरिएको छ। साथै, यसमा ६० महिना (५ वर्ष) सम्मको स्मूथ फ्लुएन्सी प्रोटेक्सन सुविधा रहेको छ, जसले लामो समयसम्म स्थिर र स्मूथ प्रयोग अनुभव दिने लक्ष्य राखेको छ।
नेपालमा यो स्मार्टफोन ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा ३८ हजार ९९९ रुपैयाँ मूल्यमा उपलब्ध रहेको छ। ग्राहकहरूले ४० प्रतिशत डाउन पेमेन्टसहित ० प्रतिशत इएमआई सुविधामा पनि खरिद गर्न सक्नेछन्।
यो स्मार्टफोन साफायर ब्लु र अरोरा गोल्ड गरी दुई रंगमा उपलब्ध रहेको छ। साथै, ११ अप्रिल २०२६ भित्र खरिद गर्ने ग्राहकहरूले एक्सटेन्डेड वारेन्टी सुविधा समेत प्राप्त गर्नेछन्।
ओपो ए६ नेपालभरका अधिकृत ओपो स्टोरहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

