Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

मध्य-मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

मध्य-मर्स्याङ्दीमा बिजुली उत्पादनमा वृद्धि

बिहिवार, बैशाख १ २०७९
  • लमजुङ । लमजुङको बेँसीशहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्य-मर्स्याङ्दी जलविद्युत आयोजना केन्द्रको बिजुली उत्पादनमा वृद्धि हुनथालेको छ । 

    केहीदिन यता बेलाबेलामा वर्षा हुनुका साथै हिउँ पग्लिएर मर्स्याङ्दी नदीमा पानी बढेपछि बिजुली उत्पादन बढ्न थालेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।  पुस लागेसँगै २६/२७ मेगावाट मात्र बिजुली उत्पादन हुँदै आएकामा यतिबेला  ५८ देखि ६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको उनले जानकारी दिए । विगत वर्षमा जेठमा मात्र बिजुली उत्पादन बढ्ने गरेको थियो । मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट ७० मेगावाट बिजुली उत्पादन हुँदै आएको छ । 

    हिउँदको समयमा कुनै बेला २५ मेगावाट मात्रै बिजुली उत्पादन हुने गरेको यस आयोजनामा यसरी नै वृद्धि हुँदै गएमा वैशाख महिनाभित्रै पूरै क्षमतामा बिजुली उत्पादन हुने देखिएको केन्द्रले जनाएको छ । सन् २००० मा निर्माण सुरु भई उक्त आयोजना सन् २००८ मा सम्पन्न भएको हो । कुल रु २७ अर्ब २० करोडको लागतमा आयोजना निर्माण भएको हो ।   

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार