Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

फोर्थिङ एक्सचेन्ज फेस्ट शुक्रबारदेखि, सात लाखसम्मको विशेष सुविधा

फोर्थिङ एक्सचेन्ज फेस्ट शुक्रबारदेखि, सात लाखसम्मको विशेष सुविधा

आर्थिक पत्र
बिहिवार, चैत्र ५ २०८२
  • काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गत्को गाडी लक्ष्मी ई-मोबिलिटी प्रा. लि.ले शुक्रबार र शनिबार फोर्थिङ एक्सचेन्ज फेस्ट आयोजना गर्ने भएको छ । कम्पनीले दिएको जानकारीअनुसार थापाथलीको राष्ट्र बैंकको सम्मुखमा रहेको लक्ष्मी मोबिलिटीको कार्यालयमा कार्यक्रम हुन लागेको हो । फेस्टमा सात लाख रुपियाँसम्मको विशेष सुविधा पाइने कम्पनीले जनाएको छ । यो सीमित अवधिको एक्सचेन्ज फेस्टले ग्राहकहरूलाई आफ्नो पुरानो सवारी साधन अपग्रेड गरी फोर्थिङ फ्राइडेसँगै दिगो र प्रिमियम मोबिलिटीको भविष्यमा प्रवेश गर्ने विशेष अवसर प्रदान गर्ने कम्पनीले जनाएको छ ।

    यो योजनाअनुसार ग्राहकहरूले कुल ७ लाख सम्मको बचत गर्न सक्नेछन्, जसमा एक्सचेन्ज बोनस, नगद छुट, एक वर्षको अटो प्लस बीमा, १ वर्षको सडक कर र नि:शुल्क स्पेयर टायर र एसी चार्जर सुविधा रहेको कम्पनीले जनाएको छ ।कम्पनीले यो फेस्ट एउटा प्रवद्र्धनात्मक कार्यक्रम मात्र नभई ग्राहकहरूलाई प्रिमियम मोबिलिटीको भविष्य अँगाल्न दिइएको निमन्त्रणा रहेको जनाएको छ । 'सात लाखसम्मको बचत र बृहत् सुविधा प्याकेजका साथ हामी ग्राहकहरूलाई फोर्थिङ फ्राइडेमार्फत इलेक्ट्रिक क्रान्तिमा सहभागी हुन पहिलेभन्दा अझ सहज बनाउँदैछौँ ।" कम्पनीले जनाएको छ । फोर्थिङ चीनको अग्रणी सरकारी अटो निर्माता कम्पनी डोङफेङ मोटर ग्रुपको सहायक कम्पनीअन्तर्गतको प्यासेन्जर भेहिकल ब्रान्ड हो।

     

     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार