Logo

Sep 10 2026

Sep 10 2026 | २०८३ भाद्र २५ गते

images

ट्रम्पको घोषणाले घटायो तेलको मूल्य

ट्रम्पको घोषणाले घटायो तेलको मूल्य

आर्थिक पत्र
मंगलवार, चैत्र १० २०८२
  • काठमाडौं मध्यपूर्वमा चलेको यद्धले त्रसित विश्वलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले केही राहत दिएको छ ।  उनको अभिव्यक्ति पछि विश्व बजारमा कच्चा तेलको मूल्य उल्लेखनीय रूपमा घटेको छ। ट्रम्पले सोमबार इरान सँग वार्ता सकारात्मक रूपमा अघि बढिरहेको जनाउँदै पाँच दिनसम्म कुनै पनि सैन्य आक्रमण नगर्ने घोषणा गरेका हुन्।

    आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै अमेरिका र इरानबीच पछिल्ला दिनहरूमा मध्यपूर्व क्षेत्रको तनाव समाधान गर्ने विषयमा निकै सकारात्मक र फलदायी कुराकानी भएको ट्रम्पले बताएका छन्। उनका अनुसार यी वार्ताहरू गम्भीर, विस्तृत र रचनात्मक रहेका छन्। यही प्रगतिलाई ध्यानमा राख्दै उनले रक्षा निकायलाई इरानका ऊर्जा केन्द्र तथा पूर्वाधारमाथि हुने सम्भावित आक्रमण पाँच दिनका लागि स्थगित गर्न निर्देशन दिएका छन्। उनले यो निर्णय वार्ताको सफलतामा निर्भर रहने पनि स्पष्ट पारेका छन्।

    यस घोषणापछि अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट कच्चा तेलको मूल्य करिब १३ प्रतिशतले घटेर प्रति ब्यारेल ९६ अमेरिकी डलरमा झरेको छ। त्यस्तै ग्यासको मूल्य पनि १५९ पेन्स प्रतिथर्मबाट घटेर १३९ पेन्समा पुगेको बीबीसीले जनाएको छ। विशेषज्ञहरूका अनुसार मध्यपूर्व क्षेत्रमा तनाव कम हुने संकेत देखिएपछि ऊर्जा आपूर्तिमा जोखिम घट्ने अपेक्षाले बजारमा तेल र ग्यासको मूल्य घटेको हो।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार