Logo

Sep 12 2026

Sep 12 2026 | २०८३ भाद्र २७ गते

images

डेल्टा अटो कर्पले ल्यायो 'नयाँ युगको नयाँ राइड'

डेल्टा अटो कर्पले ल्यायो 'नयाँ युगको नयाँ राइड'

आर्थिक पत्र
शुक्रवार, चैत्र १३ २०८२
  • काठमाडौं । डेल्टा अटो कर्पले इटालियन प्रिमियम स्कुटर ब्रान्ड Vespa र Aprilia का लागि नयाँ वर्ष लक्षित “नयाँ युगको नयाँ राइड” अफर सार्वजनिक गरेको छ।

    चैत १३ गतेदेखि देशभरका आधिकारिक शोरुममार्फत उपलब्ध हुने उक्त अफरमार्फत ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ।

    अफरअन्तर्गत नगद खरिदमा रु ८,३०० सम्म छुट पाइनेछ भने एक्सचेन्ज गर्दा रु १०,००० सम्म अतिरिक्त बोनस उपलब्ध हुनेछ। साथै, न्यूनतम ४.९९ प्रतिशत ब्याजदरमा किस्ता (EMI) सुविधा पनि प्रदान गरिएको छ, जसले ग्राहकलाई Vespa र Aprilia स्कुटर खरिद गर्न सहज बनाउने कम्पनीको भनाइ छ।

    यसका साथै, अफर अवधिमा स्कुटर खरिद गर्ने ग्राहकलाई ब्रान्डेड एक्सेसरिज—जस्तै हेल्मेट र स्कुटर कभर—उपलब्ध गराइनेछ। कम्पनीले अभियानलाई थप आकर्षक बनाउन साप्ताहिक लक्की ड्र समेत समावेश गरेको छ, जसअन्तर्गत भाग लिने ग्राहकले विशेष लक्जरी गेटअवे जित्ने अवसर पाउनेछन्।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय कुमार महतोले नयाँ वर्षलाई लक्षित गर्दै ग्राहकलाई प्रिमियम अनुभवसहित नयाँ यात्रा सुरु गर्ने अवसर प्रदान गर्न यो योजना ल्याइएको बताए।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार